काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनका लागि ‘निर्वाचन प्रहरी’ लाई परिचालन गरिएको छ।
२१ फागुनमा हुने निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ सोमबारदेखि फिल्डमा खटिएका हुन्।
भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिएका हुन्।
नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई १८ माघमा नियुक्तिपत्र दिएको थियो।
प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना-२०८२ अनुसार २१ माघदेखि नेपाली सेना परिचालन भइसकेको छ।
नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन्। दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सेनाले भने बाहिरी तहमा रही सुरक्षाको जिम्मेवारी सम्हाल्नेछ।
हेर्नुहोस् सोमबारदेखि ‘फिल्ड’ मा खटिएका निर्वाचन प्रहरीका थप तस्बिर :

