काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

५ फाल्गुन २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले १२ वर्षपछि जित हात पारेको छ।

लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै सान्त्वना जित आफ्नो पोल्टामा पार्‍यो।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो। नेपालले ४ बल बाँकी छँदै स्कटल्यान्डले दिएको लक्ष्य पूरा गरेको हो।

यो पनि…

कुशल र दीपेन्द्र चम्किँदा नेपाललाई १२ वर्षपछि जित

आसिफ सेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए। भुर्तेलले ४३ र आसिफले ३३ रन जोडे । दीपेन्द्रसिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अविजित ५० रनको योगदान गरे।

हेर्नुहोस् स्कटल्यान्डसँग भएको नेपालको प्रतिस्पर्धाका थप तस्बिर :