काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
बुधबार बनेपाको टेलिकम चोकमा बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ।
दुर्घटना भएलगत्तै आक्रोशित स्थानीयले टिपर जलाइदिएका छन् भने बाटो पनि अवरोध गरेका थिए। प्रहरीको पहलमा टिपर हटाएर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको र शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ।
दुर्घटनामा एक जना घाइते भएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।