काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ।

जेन-जी आन्दोलनमा हुन सक्ने सम्भाव्य प्रदर्शन, जुलुश, हुलदंगा र झडपलाई मध्यनजर गर्दै प्रशासनले मंगलबार बिहान १० बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।

यसअघि स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको थियो। कर्फ्यू आदेश पोखरा महानगरपालिका ९ का विभिन्न स्थान, वडा नम्बर २, १ र ६ का क्षेत्रमा लागू गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।