काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

११ फाल्गुन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

तुलसीपुर। दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।

दाङ घोराही उपमहानगरपालिका–३ चिसापानी मसोट नजिक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।