काठमाडौँ
००:००:००
१३ फाल्गुन २०८२, बुधबार

१३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ।

काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ।

‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्‍याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने छ।