काठमाडौँ। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सयले घटेर तीन लाख १४ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला पाँच हजार सात सय २५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार सात सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।