९ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। हाइनान बिच तेक्वान्दो एलिट प्रतियोगितामा सहभागी हुन १४ खेलाडीसहित १६ सदस्यीय नेपाली तेक्वान्दो टोली शनिबार चीनको सान्या प्रस्थान गरेको छ।

२६ देखि ३० जुलाईसम्म हुने प्रतियोगितामा दीपश्री तामाङ, जोलिना बस्नेत, ह्रदयानी बस्नेत, लवयोग सुनुवार, कुशयोग सुनुवार, सोहन पाठक, सिर्जल ढकाल, छुल्टिम लामा, पार्वती बस्नेत, पूजा क्षेत्री, राजकुमार लामा, अमी कार्की, अनुप शाक्य र अनुस्टिन पाण्डे छन्। खेलाडीले क्योरुगी, ब्रेकिङ र पुम्सेमा प्रतिस्पर्धा गर्नेछन्।

प्रशिक्षकमा १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी काजल श्रेष्ठ तथा निर्णायकमा कुमार लामा घिसिङ छन्। टोलीलाई काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे।