जितसँगै आर्सनलले नयाँ सिजनमा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थान
काठमाडौं। इंग्लिस प्रिमियर लिगमा आर्सनलले शनिबार राति उत्कृष्ट खेल प्रदर्शन गर्दै लिड्स युनाइटेडलाई ५–० ले पराजित गरेको छ। लगातार दोस्रो जित हात पारेसँगै आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
खेलमा जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले समान दुई–दुई गोल गरे भने बुकायो साकाले थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
३४औं मिनेटमा टिम्बरले पहिलो गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा साकाले अर्को गोल गरे। त्यसपछि दोस्रो हाफको सुरुवातमै ग्योकेरेसले गोल थपे। ५६औं मिनेटमा टिम्बरले व्यक्तिगत दोस्रो गोल गरे भने खेलको अन्तिम समयमा ग्योकेरेसले अर्को गोल गर्दै ५–० को फराकिलो जित दिलाए।
यस नतिजाले आर्सनलको आत्मविश्वास बढाएको छ र नयाँ सिजनमा उनीहरूलाई बलियो दावेदारका रूपमा प्रस्तुत गरेको छ।