काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा २ हजार ३सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँलेबढेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कायम भएकोे छ।