काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले आज महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

महरविरुद्ध साइबर ब्युरोमा उजुरी परेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको हो। “हुलाकबाट निवेदन आएको थियो। त्यसैको आधारमा हामीले पक्राउ पुर्जीको अनुमति मागेका हौं”, साइबर ब्युरोका एक अधिकारीले भने।

महर अनेरास्ववियुका पूर्वअध्यक्ष हुन्। उनी गत प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट एमालेको उम्मेदवार भएका थिए। महरलाई एकीकृत समाजवादीका भानुभक्त जोशीले पराजित गरेका थिए। महर विगतमा पनि विभिन्न विवादमा पर्दै आएका छन्।