काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको पार्टीप्रति बढ्दो विश्वासको संकेत आएको बताएका छन्।

कर्णाली प्रदेशमा आज आयोजित पूर्ण बैठकलाई श्रव्यदृश्य माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीभित्र गुटबन्दी हुन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरे। बैठकमा उनले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण सङ्घलगायत संस्थाहरूको निर्वाचनमा माओवादी केन्द्रसम्बद्ध उम्मेदवारहरूको सफलता जनविश्वासको प्रतिफल भएको उल्लेख गरे।

अध्यक्ष दाहालले भने, पार्टीभित्र द्वन्द्व, अराजकता र अनुशासनहीनतालाई रोक्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउने सङ्कल्प स्थायी समितिले अघि नै लिएको छ। साथै, शिक्षा विधेयक लगायत राष्ट्रिय महत्वका विषयमा पार्टीले लिएको अडानले पनि जनस्तरमा सकारात्मक प्रभाव परेको उनले बताए।