२ श्रावण २०८३
फाइल फोटो
अ+
अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक अगुवा तथा पूर्वमन्त्री देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन्।

“नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारका पक्षमा उनले पुर्याएका योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहनेछ”, उनले भनेका छन्।

संयोजक दाहालले शोकसन्तप्त परिवारजन, आफन्त तथा उनीप्रति सम्मान र स्नेह राख्ने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

पाण्डेको शुक्रबार साँझ काठमाडौँको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो। उनलाई शुक्रबार नै पाटन अस्पतालबाट निवास ल्याइएको थियो।