काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ भाद्र २०८२
अ+
अ-

देशमा विकास निर्माणको मुहार हेर्न धेरै अध्ययन/अनुसन्धान गर्नै पर्दैन, संघीय राजधानीको चक्रपथको चित्र नै पर्याप्त छ।

चक्रपथ सुधारका लागि तीन खण्डमा विभाजन गरेर काम थालियो। चीन सरकारको अनुदान सहयोगमा पहिलो खण्डअन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सुरु भयो, २०६९ सालमा। यो खण्डको काम सकेर चीनले सडक हस्तान्तरण गरेकै सात वर्ष भइसकेको छ। तर विडम्बना, यही खण्डको पाँच सय मिटरको सडक, जुन नेपाल सरकारले बनाउनुपर्ने हो, त्यो अझै पूरा भएको छैन।

चक्रपथको बल्खु-गाङ्खेल खण्ड। तस्बिर- शिखा श्रेष्ठ/नेपालन्युज।

पहिलो खण्डको निर्माण सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले गरेको थियो। यसअन्तर्गत बल्खु गांखेलदेखि सीता पेट्रोल पम्पसम्म पाँच सय मिटर सर्भिस लेन नेपालले नै बनाउनुपर्ने थियो, यो १३ वर्षदेखि निर्माणाधीन नै छ।

चक्रपथको बल्खु-गाङ्खेल खण्डमा अलपत्र सर्भिस लेनमा छाडिएको निर्माण सामग्री। तस्बिर- शिखा श्रेष्ठ/नेपालन्युज।

चक्रपथको पाँच सय मिटर बनाउनै १४ वर्ष लाग्ने भएपछि बाँकी चार लेन सडक, आकाशे पुल र साइकल लेनसहितको फुटपाथ बन्ने त हालका लागि सपना मात्रै हो भन्दा फरक पर्दैन।

सीता पेट्रोल पम्प नजिकै आहाल बनेकाे चक्रपथको सर्भिस लेन । तस्बिर- शिखा श्रेष्ठ/नेपालन्युज।