काठमाडौँ। नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई आज पद तथा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई फूलमाला लगाएर सम्मान गरेका थिए। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।
आईजीपी थापा भदौ १८ गतेदेखि अवकाशमा जानु भएपछि खापुङले सर्वोच्च जिम्मेवारी सम्हालेका हुन्।