कालिकोट। कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा सडक फेरि अवरुद्ध भएको छ।
यसअघि पनि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको थियो । गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो ।
पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ।