काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२० भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार ५ सयले बढेर प्रतितोला सुनको मूल्य २ लाख १० हजार ४०० पुगेको हो।बिहिबारको तुलनामा सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो।