काठमाडौँ
००:००:००
२६ कार्तिक २०८२, बुधबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले जेन–जी आन्दोलनका क्रममा १९ विद्यार्थीको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा आरोप लगाएका छन्।

सोमबार मध्यराति फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै शाहले ओलीले आफ्ना सन्तान गुमाएका अभिभावकहरूको पीडा बुझ्न नसकेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।”

“यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।” शाहले भने ।