काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर आज सुन मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो। यससँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १५ हजार ८०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला दुई लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको छ। यससँगै चाँदीको मूल्य तोलामा दुई हजार ५ सय ६५ रुपैयाँ कायम भएको छ।