काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) ले विश्वव्यापी तेल माग वृद्धिको पूर्वानुमान सन् २०२५ र २०२६ का लागि अपरिवर्तित राखेको छ। बिहीबार सार्वजनिक गरिएको मासिक तेल बजार प्रतिवेदनअनुसार आगामी दुई वर्षमा तेलको माग निरन्तर वृद्धि हुने देखिएको हो।

प्रतिवेदनले सन् २०२५ मा दैनिक करिब १३ लाख ब्यारेल र सन् २०२६ मा दैनिक करिब १४ लाख ब्यारेलले माग बढ्ने अनुमान गरेको छ। यो तथ्याङ्क गत महिनाको पूर्वानुमानसँग मेल खान्छ।

आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) का देशहरूमा तेलको माग वार्षिक रूपमा दैनिक १ लाख ब्यारेलले बढ्ने अपेक्षा गरिएको छ भने ओइसीडी बाहिरका क्षेत्रमा मुख्यतया चीन, भारत र अन्य एशियाली मुलुकहरूको कारण दैनिक १२ लाख ब्यारेलले वृद्धि हुने देखिएको छ।

ओपेकले सन् २०२५ को पहिलो छमाहीमा देखिएको मजबुत आर्थिक गतिलाई मध्यनजर गर्दै विश्वव्यापी आर्थिक वृद्धिदर ३ प्रतिशत रहने र सन् २०६६ का लागि ३.१ प्रतिशत पुग्ने अनुमान समेत गरेको छ।