काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२९ भाद्र २०८२
अ+
अ-


काठमाडौं। महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्।

बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन्।

केपी ओलीले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधिवक्ताको सिफारिस गरिसकेकी छैनन्।