काठमाडौँ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भूमिहीन तथा सुकुम्बासी नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ।
काठमाडौँ उपत्यकाका नदी किनाराबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका सुकुम्बासीका प्रतिनिधिहरुले आज माइतीघर मण्डलामा भेला भएर आफूहरुलाई भूमिको स्वामित्व दिलाउन सरकारको ध्यानाकर्षण गराए।