काठमाडौं। नेपालमा हुने भनिएको काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को बोर्ड अफ एड्मिनिस्ट्रेशनको शनिबार राति सम्पन्न भर्चुअल बैठकले लिग स्थगित गर्ने निर्णय गरेको हो।
लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने तय थियो।
तर, नेपालमा सेप्टेम्बर ८ र ९ तारिखमा भएका जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित गर्ने निर्णय गरिएको काभाले जनाएको छ।