काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० भाद्र २०८२
अ+
अ-

काठमाडौँ। साउन महिनामा मात्रै एक खर्ब ७७ अर्ब ४१ करोड रूपैयाँ रेसिमट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धीअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रेमिट्यान्स आप्रवाह २९ दशमलव ९ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ६० करोड रहेको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार, यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो।

राष्ट्र बैंकको तथ्यांक अनुसार, चालु खाता ७८ अर्ब १४ करोडले बचतमा छ भने शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँ बचतमा छ।