काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१ आश्विन २०८२
अ+
अ-

बागमती। गत भदौ २३ र २४ को जेनजी प्रदर्शनको मौका छोपी विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरु धमाधम कारागार फर्किन थालेका छन्।

कारागारबाट भागेमध्ये धेरैजसोलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका छन्भने कतिपय आफै कारागार फर्केका छन्। मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म २२३ कैदीबन्दी कारागार फर्किएका छन्।

भीमफेदी कारागारबाट भागेकामध्ये सुरक्षाकर्मीले १३० जना कैदीबन्दीलाई नियन्त्रण लिई कारागारमा पठाएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए। उनका भागेकामध्ये ३६ जना कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन्।

यही भदौ २४ गते राति १ बजेतिर भीमफेदी कारागारको पर्खाल भत्काएर ४४० कैदीबन्दी फरार भएका थिए। फरार कैदीबन्दीको खोजी गर्ने क्रममा भीमफेदी कारागारबाट फरार १३० जना र अन्य कारागारबाट फरार ६० जना गरी १९० जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिई कारागार पठाएको कारागारका प्रमुख पौडेलले बताए।

कारागारको तीन गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (क) ब्लकबाट १८० गरी ४४१ कैदीबन्दी फरार भएका थिए। फरार कैदीबन्दीको खोजीको क्रममा सुरक्षाकर्मीहरुले विभिन्न स्थानबाट कैदीबन्दीहरुलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए।

फरार रहेका २७७ कैदीबन्दी खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।