काठमाडौँ। अमेरिकाको पेन्सिलभेनियामा भएको गोलीकाण्डमा तीन प्रहरी अधिकारीको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसका अनुसार प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन्।
गोलीकाण्ड स्थानीय समय अनुसार दिउँसो २ बजेतिर (जिएमटी १८:००) स्प्रिङ ग्रोभ नामक सानो शहरमा भएको हो। जहाँ करिब २ हजार ५ सय जनसंख्या बसोबास गर्छन्।
घटनास्थलबाट सार्वजनिक तस्बिरमा घाइते अधिकारीलाई मेडिकल हेलिकप्टरमार्फत अस्पताल लैजाँदै गरेको देखिन्छ।सतर्कताका लागि नजिकैको विद्यालय क्षेत्र अस्थायी रूपमा लकडाउनमा राखिएको छ।
अधिकारीहरूले थप विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।