८ आश्विन २०८२
सांकेतिक तस्बिर
अ+
अ-

काठमाडौं। हाल मनसुनी वायु कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी प्रदेशसहितका पहाडी भूभागका थोरै स्थानमा तथा तराईका एक–दुई क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

आज राति पनि पहाडी भूभागमा सामान्य बदली रहने र गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।