काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ राष्ट्रको नाममा विशेष सम्बोधन गर्ने भएकी छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधन बिहीबार साँझ ६ बजे हुने कार्यतालिका तय भएको छ। उक्त सम्बोधनको सम्पूर्ण समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ।
प्रधानमन्त्री कार्की भदौ २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनपछि २७ भदौमा नियुक्त भएकी थिइन्। नियुक्तिपछि पहिलोपटक उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी हुन्।