काठमाडौं। आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी र निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन ।
यससँगै हातले गर्ने कागजी प्रक्रिया अन्त्य भई सम्पूर्ण रेकर्ड डिजिटल आर्काइभमा सुरक्षित रहने मन्त्रालयले जनाएको छ।