१० आश्विन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका दुई र बागमती प्रदेश अन्तर्गत एक सडकखण्ड अझै अवरुद्ध रहेका छन्।

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, वरुण र मकालु गाउँपालिका–३, एकुवामा सडक अवरुद्ध छ।

यस्तै, बागमती प्रदेश अन्तर्गत रसुवामा आएको बाढीका कारण नेपाल–चीन नाका जोड्ने सडक गत असारदेखि नै बन्द छ। सडक बन्द हुँदा जनजीवन प्रभावित मात्र नभई दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत गम्भीर समस्या आएको छ।