काठमाडौं। राप्रपाका युवा नेताहरूले शनिबार माइतीघरमा साङ्केतिक मौन प्रदर्शन गर्दै जेनजी विद्रोहलाई निष्कर्षविहीन बनाउने प्रयासको विरोध जनाएका छन्।
उनीहरूले जेन-जी विद्रोहलाई उपलब्धिविहीन बनाइएकोमा असन्तोष व्यक्त गर्दै क्रान्तिको भावना विपरित नजाने र शहीदको बलिदानको सम्मान गर्न आग्रह गरेका छन्।
आन्दोलनका क्रममा भएको दमन गर्नेहरूलाई कानुनी दायरामा ल्याउन ढिलाइ भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीले भने, “क्रान्तिको भावनाविपरित अन्तरिम सरकार अघि बढ्न खोजेकाले ध्यानाकर्षण गराउन साङ्केतिक मौन प्रदर्शन गरिएको हो।”
प्रदर्शनमा सहभागीहरूले ‘महँगो र विखण्डनकारी प्रदेश खारेजी कहिले ?’, ‘देशलाई दुर्घटनाबाट जोगाउन नवीन समझदारी गर’, ‘७५ जनाको बलिदान फेरी यही संविधान ?’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।