काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ आश्विन २०८२
हर्क साम्पाङ। तस्बिर : उनकै फेसबुकबाट
अ+
अ-

काठमाडौं। धरान उप-महानगरपालिकाका प्रमुख हर्क राज राईले दल दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएका छन्।

उनले ‘श्रम संस्कृति पार्टी’ नाम रहने गरी दल दर्ताको लागि निवदेन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपालन्युजलाई जानकारी दिए।

“श्रम संस्कृति पार्टी नाम राखेर दल दर्ताको लागि निवेदन आएको छ। दल दर्ताको लागि आवश्यक कागजात र प्रक्रिया पूरा भए नभएको बारेमा अध्ययन भइरहेको छ”, भट्टराईले भने।

राईले ७ असोजमा निर्वाचन आयोगनमा दल दर्ताको लागि निवेदन दिएका थिए।

निवेदन दिएको ४५ दिनभित्रमा दल दर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

नेपाल नागरिक पार्टी नाम राखेर दल दर्ताको लागि पनि आयोगमा निवेदन परेको छ। निर्वाचन आयोगकाअनुसार, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी संयोजक रहने गरी उक्त राजनीतिक दल दर्ताको लागि आयोगमा निवेदन दर्ता भएको हो।

सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन आउन थालेको छ।