काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शनिबार राति बर्न्लीलाई ५–१ ले पराजित गरेको छ।
शनिबार राति घरेलु मैदानमा सिटीलाई जित दिलाउन हाल्यान्डले दुई गोल गरे । म्याथ्युस नुनेजले एक गोल थपे । सिटीले अरू दुई गोल भने आत्मघाती उपहार पाएको थियो । जाइदोन एन्थोनीले एक गोल फर्काए ।
खेलको १२औँ मिनेटमा बर्न्लीका म्याक्सिम एस्टेभको आत्मघाती गोलमार्फत सिटीले अग्रता लिएको थियो। तर, ३८औँ मिनेटमा जाइदोन एन्थोनीले बराबरी गोल फर्काउँदै बर्न्लीलाई खेलमा फर्काए।
दोस्रो हाफमा म्याथियस न्युन्सले उत्कृष्ट भली गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए। लगत्तै एस्टेभकै अर्को आत्मघाती गोलपछि सिटी ३–१ ले अघि बढ्यो।
खेलको अन्तिमतिर एर्लिङ हालान्डले लगातार दुई गोल थप्दै व्यक्तिगत दुई गोल र टिमका लागि पाँचौँ गोल पूरा गरे।
यस जितसँगै सिटीले ६ खेलमा १० अंक जोड्दै तालिकाको शीर्ष पाँचमा प्रवेश गरेको छ भने बर्न्ली १७औँ स्थानमा सीमित छ।