काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ आश्विन २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। एमालेका अध्यक्ष केपी ओली अहिले बसिरहको गुण्डुस्थित घरमा एमालेको सचिवालय बैठक सुरु भएको हो।

जेन-जी आन्दोलन पछि पहिलोपटक एमालेले औपचारिक रुपमा बैठक बोलाएको हुँदा सर्वत्र चासोका साथ हेरिएको छ।

जेन-जी आन्दोलनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेको थियो।

आजको बैठकमा जेन–जी आन्दोलन, भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको रोडम्यापबारे छलफल हुने बताइएको छ।

आजको सचिवालय बैठकमा अधिकांश पदाधिकारीहरूले ओलीलाई पद छाड्न आग्रह गर्ने तयारी गरेका छन्। यसअघि ‌एमालेका नेताहरुले ओलीसँग गरेको एक्लाएक्लै भेटमा पनि ओलीलाई नेतृत्वबाट हटेर संरक्षकको भूमिकामा रहन नेताहरुले सुझाव दिएका थिए।

तर, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने आजको बैठकमा गोदावरीमा सम्पन्न विधान महाधिवेशन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिको बारेमा समीक्षा एजेण्डा मात्रै रहेको बताए।