काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने निर्णय पूर्वाग्रह र प्रतिशोधपूर्ण भन्दै आपत्ति जनाएको छ।

अध्यक्ष क्षितिज थेबेले बिना प्रमाण शंकाको आधारमा ओलीको राहदानी रोक्का गर्ने निर्णय गरेको बताएका छन्। “गत भाद्र २३ र २४ गतेको घटनासम्बन्धी जाचबुझ आयोग, २०८२ ले विना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै विशुद्व शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको निर्णय गरेको तथ्य छर्लङ्गै छ,” विज्ञप्तीमा भनिएको छ।

आयोगको सिफारिसमा सरकारले सो घटना हुँदा प्रधानमन्त्री रहेका ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको राहदानी रोक्का गर्ने निर्णय शुक्रबार गरेको थियो।

घटनाको निष्पक्ष छानवनिको पक्षमा संगठन रहेपनि छानविन प्रारम्भ नहुँदै ओलीलाई दोषी करार गरेको भन्दै युवा संघले त्यस प्रति आपत्ति जनाएको हो।

त्यसैगरी, युवा संघको पूर्व अध्यक्ष तथा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले सुरु गरेको अनुसन्धानप्रति पनि आपत्ति जनाएको छ। बस्नेतमाथि प्रतिशोधपूर्ण रुपमा कारवाह गर्न खोजिएको भन्दै त्यसो गरिए प्रत्युतपादक हुने चेतावनी दिएको छ।