सल्यान। सल्यानको कुमाख गाउँपालिका–१ बुरेली खोलामा यात्रुवहाक फोर्स गाडी दुर्घटना भएको छ।
आज बिहान नेपालगञ्जबाट रुकुमपश्चिमको चौरजहारीको लागि छुटेको ६७८८ नम्वरको हाईस गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर पाँच जना यात्रु घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते हुनेहरुमा सानीभेरी गाउँपालिका १० का ३४ वर्षीय मदन खड्का, चौरजहारी नगरपालिका १४ का २२ वर्षीय दिनेश ओली र चौरजहारी नगरपालिका ५ का ५० वर्षीय बुद्धि बिक रहेका छन् ।
घाईतेहरुलाई उपचारका लागि चौरजहारी अस्पतालमा ल्याइएको छ । गम्भीर अवस्थाका घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भइरहेको छन्।
गाडी अनियन्त्रीत भई भित्तामा ठोकिएर दुर्घटना भएको बताइएको छ । उक्त गाडीमा १८ जना यात्रु सवार रहेका थिए ।