टी–२० विश्वकप छनोट खेलका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो।
टी–२० विश्वकप छनोट खेल ओमानमा हुँदै छ।
यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० सिरिजमा अनुशासनको कारबाही भोगेका सन्दीप लामिछाने पनि टोलीमा समेटिएका छन्।
युएईमा वेस्ट इन्डिजसँगको खेल सुरू हुनुभन्दा ४५ मिनेट अगाडि सन्दीपले नखेल्ने बताएपछि उनलाई कारबाही गरिएको क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको थियो।
टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले यसअघि वेस्ट इन्डिजसँगको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै १५ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।
विश्वकप छनोट ८ अक्टोबर अर्थात् २२ असोजबाट सुरु हुँदै छ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा र लोकेश बम

यो पनि पढ्नुहोस्-
सर्वत्र चासोपछि क्यानले भन्यो : सन्दीपलाई निलम्बन गरिएको थियो
‘कार्डियाक किड्स’ बाट ‘जायन्ट किलर’ बनेको नेपाल
वेस्ट इन्डिजलाई हराउँदा नेपालको कीर्तिमान