काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ आश्विन २०८२
अ+
अ-

सिन्धुपाल्चोकको जिल्ला विपद व्यवस्थापन समितिले अरनिको राजमार्गमा १७ देखि २० असोजसम्म रातको समयमा सवारी चलाउन रोक लगाएको छ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले जिल्ला भित्र पर्ने सबै राजमार्ग र सहायक मार्गमा सबै खालका सवारी साधन रातको ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकसहित देशका १७ जिल्लामा भारी वर्षाका कारण आकस्मिक बाढी र पहिरोको जोखिम रहेको भनेको पछि सिन्धुपाल्चोकमा रातको समयमा सवारी चलान रोक लगाइएको हो।

सहित नेपालको धेरै भूभागमा भारी देखी अति भारीसम्म बर्षा हुन सक्ने भनी मौसम बुलेटिन प्रकाशित गरेको हुँदा उक्त अवधिमा स्थानीय प्रशासनले रातको समय सवारी चलाउन रोक लगाएको छ ।
त्यसअवधिमा दमकल एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ।

नदी किनारा र अत्यन्त जोखीम युक्त स्थानमा बसोबास गर्ने व्यक्तिहरुलाई सुरक्षित स्थानमा अस्थायी रुपमा सार्ने व्यवस्थाको लागि नजिकको सुरक्षा युनिटहरुले स्थानीय तह र अन्य सरोकारवालाहरुसँग समन्वय गर्न निर्देशन दिइएको बताइएको छ।

त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय सिन्धुपाल्चोकले आफ्ना सबै शाखा, उपशाखा र सदस्य÷स्वयमसेवकहरुलाई पूर्णरुपमा परिचालन गराउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। तत्काल उद्धार राहतको लागी तयारी अवस्थामा रहने, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकले आफ्ना सबै सदस्य, संघ सस्था र इकाईहरुलाई पूर्णरुपमा परिचालन गराउने तयारी भएको छ।

चौतारा अस्पताललाई मौसमजन्य विपदबाट कुनै घटना भएमा तत्काल उद्धार र स्वास्थ्य उपचारको लागि आफ्ना सबै मानवीय र अन्य स्रोत साधन तयारी हालतमा राख्न भनिएको छ।

जिल्लामा पर्ने राजमार्ग र सहायक मार्गहरु अवरुद्ध हुन पुगेमा नजिकका सुरक्षा इकाइहरुले सडक डिभिजन, पूर्वाधार कार्यालय, स्थानीय तहहरु र निजी क्षेत्रसँग उपलब्ध हेभी इक्वीपमेन्टहरु तत्काल परिचालन गरी सडक सुचारू हुने व्यवस्था मिलाउने तयारी भएको बताइएको छ।