काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई मनसुनजन्य विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी उद्धार र व्यवस्थापनको तयारी गर्न निर्देशन दिएको छ।

गृहमन्त्रालयले शनिबार ७७ वटै जिल्ला प्रशासन कार्यालयको लागि परिपत्र जारी गर्दै मुख्य आठ वटा काममा विशेष ध्यान दिएर गर्न भनेको छ। बाटोमा अलपत्र परेका गर्भवती महिलालाई नजिकको बर्थिङ सेन्टरसम्म पु¥याउने व्यवस्था गर्न पनि परिपत्रमा भनिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी भएको सूचना अनुसार लामो दरीका र काठमाडौं उपत्यका भित्रने र बाहिरिने सवारी साधनको आवतजावत २० गतेसम्म बन्द गराउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई भनेको छ।

त्यसैगरी, राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था अनुसार गन्तव्यतर्फ पुर्याउन सहजिकरण गर्न पनि गृह मन्त्रालयले भनेको छ।