१८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। शनिबार साँझ महोत्तरीको भंगाहा नगरपालिका–५ जमुनियामा रातु खोलाले जिप बगाएको छ।

प्रदेश ३–०१–४५२७ नम्बर प्लेटको नेपाल टेलिकमको उक्त जिप जमुनियाबाट बिर्ता जाने क्रममा खोलामा पसेर करिब ५० मिटर तलसम्म बगेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भंगाहाबाट खटिएको सुरक्षा फौजले जेसिबी प्रयोग गरेर जिपलाई बाहिर निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार जिप चालक सकुशल छन्।