काठमाडौँ । सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिङ-नारायणगढ खण्डमा पहिरोको जोखिम रहेको भन्दै अत्यावश्यक भए मात्रै यात्रा गर्न अनुरोध गरेको छ। शनिबार बिहान सूचना प्रकाशित गरि कार्यालयले सो खण्डमा निरन्तरत वर्षा भएको र पहिरोको उच्च जोखिम रहेको बताएको हो।
‘मुग्लिन-नारायणगढ सडक खण्डमा पानी परिरहेको छ,’ कार्यालयले भनेको छ, ‘तुईन खोलापुल नजिकै खसेको पहिरो हटाई हाल सवारी आवागमन दुईतर्फि संचालनमा रहेपनि पानी परिरहेको र यस खण्डमा उच्च जोखिम बढेकोले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्नुहुन अनुरोध गर्दछौं।’
कार्यालयले यात्रा गर्नुपर्ने भए सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ।