काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

१९ आश्विन २०८२
इलाममा पहिरोले प्रभावित घर
अ+
अ-

काठमाडौँ। इलाम जिल्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ। इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार शनिबार रातिदेखि आइतबार दिउँसोसम्मै ठाउँ ठाउँमा पहिरो खसिरहेको छ।

कोइरालाका अनुसार पहिरोमा परी सन्दकपुरमा चारजनाको मृत्यु भएको छ भने माईजोगमाई गाउँपालिकामा सात, इलाम नगरपालिकामा ६, फाकफोकथुम गाउँपालिकामा एक, माङसेबुङ गाउँपालिकामा तीन, देउमाई नगरपालिकामा आठ, सूर्योदय नगरपालिकामा पाँचजनाको मृत्यु भएको छ। पहिरोमा परी हालसम्म चार जना बेपत्ता रहेको कोइरालाले बताए।

इलाममा शनिबार दिउँसोसम्म मध्यम वर्षा भएकामा रातिबाट भने भारी वर्षा भएको थियो। भारी वर्षापछि पहिरो जान थालेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ३२५.२ मिलिमिटर वर्षा मापन गरिएको छ। इलाममा अहिले वर्षा रोकिएको छ।

यसैगरी बागमती प्रदेशमा पनि वर्षा रोकिएको छ भने मधेस तथा कोशी प्रदेशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ।