१९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। छिमेकी राष्ट्र भारतले नेपालमा हालै भएको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै यस कठिन घडीमा भारत नेपालको सरकार र जनताको साथमा रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति र विनाश दुःखदायी छ। यस कठिन समयमा हामी नेपालका जनता र सरकारको साथमा छौं।’

उनले भारत एक मित्रवत् छिमेकी र पहिलो प्रत्युत्तरकर्ताको रूपमा रहेको उल्लेख गर्दै, लेखेका छन् ‘आवश्यक पर्न सक्ने कुनै पनि सहायता उपलब्ध गराउन भारत प्रतिबद्ध छ।’

अविरल वर्षाका कारण असोज १८ र १९ गते आएको बाढी तथा पहिरोमा परि देशभर मृत्यु हुनेको संख्या ४९ पुगेको छ भने ११ जना बेपत्ता र १७ जना घाइते भएका छन् ।