१९ आश्विन २०८२
तस्बिर: अरूणकुमार यादव/रासस
अ+
अ-

सुनसरी। सप्तकोशी नदीको कोशी ब्यारेजमा पानीको ५ लाख २३ हजार ७९५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ।

आइतबार साँझ ६ बजेको मापन अनुसार ब्यारेजमा पानीको सतह बढिरहेको छ। शनिबारदेखि अविरल वर्षा जारी रहेकाले अझै बहाव बढ्न सक्ने अनुमान गरिएको छ।

सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार अहिलेको अवस्थामा साना-मझौला सवारीसाधन गुडिरहेका छन्। ठूला मालबाहक ट्रक सञ्चालनमा रोक लगाइएको छ। थप बहाव बढेको अवस्थामा बन्द गरिने उनले बताए।

कोशी ब्यारेजमा ३ लाख क्युसेक प्रतिसेकेन्ड नाघेपछि खतरापूर्ण मानिन्छ। अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका बन्द गरिएको छ। खतराको चिन्हस्वरुप रातो बत्ती बालिएको छ।