२० आश्विन २०८२
अ+
अ-

काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा एक मात्र निर्णायक गोल एर्लिङ हालान्डले गरे। उनले खेलको सुरुवाती चरणमा नै गोल गरेका थिए। खेलको नवौं मिनेटमा उनले गरेको गोलले नै सिटीलाई महत्वपूर्ण जित दिलायो।

जितपछि सिटी ७ खेलमा १३ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। ब्रेन्टफोर्ड ७ अंकसहित १६औं स्थानमा छ।