२० आश्विन २०८२
अ+
अ-

विराटनगर। इलाममा पहिरोमा परेका सात जनालाई उद्धार गरी अस्पताल पठाइएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार इलामको माङसेबुङ गाउँपालिका-१ बाट तीन जना घाइतेलाई उद्धार गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार सन्दकपुर गाउँपिका-४ माबुमा पहिरो जाँदा घाइते भएका चार जनालाई उद्धार गरी बिएन्डसी अस्पताल विर्तामोड लगिएको छ। इलामका सात पालिकामा पहिरो जाँदा आइतबार ३७ जनाको मृत्यु भएको थियो।

यस्तै, बाढीमा परेर फसेका झापा गाउँपालिकाका १६ जनालाई सुरक्षित स्थानमा राखिएको छ। कोशी प्रदेशमा जम्मा ५५५ जनालाई उद्धार गरिएको छ। जसमध्ये २३ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो।