२० आश्विन २०८२
फाइल फाेटाे
अ+
अ-

काठमाडौँ। मकवानपुर प्रशासनले हेटौँडा-भैँसे हुँदै काठमाडौँ जाने सबै सडकमा बेलुका र रातिको समयमा आवागमनमा रोक लगाएको छ।

प्रशासनले सोमबार दिउँसो सूचना जारी गर्दै बेलुकी ६ देखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको जनाएको हो। अर्को सूचना जारी नभएसम्मका लागि उक्त खण्डमा रोक लगाइएको प्रशासनले जनाएको छ।

आवतजावतमा रोक लगाइएको समयबाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता एवम् सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

‘अत्यावश्यक सेवाबाहेकका सबै किसिमका सवारीसाधनको आवतजावत बेलुका र रातिको समयमा रोक लगाइएको छ, भारी वर्षापछि मौसममा हुँदै गएको क्रमिक सुधार र सडकको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो,” मकवानपुर प्रशासनका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेद्वारा जारी सूचनामा भनिएको छ।