काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ आश्विन २०८२
चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर निर्वाण चौधरी।
अ+
अ-

काठमाडौँ। व्यापारिक घराना चौधरी ग्रुपले जेन-जी आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने उद्घोष गरेको छ। चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत सहिद परिवारका सदस्यलाई रोजगारी दिने बताएका हुन्।

‘जेन-जी आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो,’ उनले लेखेका छन्।

उनले सम्पूर्ण सहिद परिवारलाई चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन्।

जेन-जी आन्दोलनका क्रममा चौधरी ग्रुपका कार्यालय, कारखाना, सोरूमसहित निजी आवासमा समेत क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणको यात्रामा अघि बढिसकेको पनि उनले जानकारी दिएका छन्।