काठमाडौं। नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले नेपाल प्रहरी समक्ष लिखित बयान लिएको छ ।
सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गर्ने गरि लेखेको विषयमा प्रहरीको साइबर ब्युरोको भोटाहिटीस्थित कार्यालयमा बस्नेतले लिखित बयान दिएका हुन् ।
प्रहरीमा दर्ता गरिएको उजुरीमाथि छानविनसहितको प्रक्रिया अघि नबढाएपछि शोभा पाठकले सरकारी वकिलको कार्यालयमा निवेदन दिएको थिइन् । सरकारी वकिलको कार्यालयले प्रहरीलाई बस्नेतमाथि अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
‘महिलाले दिनु भएको उजुरीमा सरकारी वकिलको कार्यालयबाट प्राप्त भएको निर्देशनअनुसार बस्नेतसँग आज बयान लिएका छौ’ ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले नेपालन्युजसँग भने ।
पाठकले बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी छिन् । बस्नेतले उनको सामाजिक सञ्जाल फेसबुकमा अभद्र टिप्पणी गरेका थिए ।