काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

२३ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँमै फिर्ता पठाएको छ। आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार बिहीबार बसेको बैठकले ती उजुरी परिसरमै फिर्ता गर्ने निर्णय गरेको हो।

“फौजदारी वारदातामा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र छैन,” शर्माले भने, “फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानुनले अख्तियार प्रदान गरेको विदितै छ।”

फौजदारी कसुरको अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने आयोगको ठहर छ। जेन-जी आन्दोलनमा मृत्यु भएका रसिक खतिवडाका बुवा पुरुषोत्तम खतिवडासमेत चार जनाले २१ असोजमा परिसरमा मानवताविरुद्ध र राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न माग गर्दै ओली-लेखकविरुद्ध उजुरी दिएका थिए। तर, परिसरले दर्ता नगरी आयोगमा पठाएको थियो।